सुनिल परियारले ल्याए वियोगान्त गीत

Share:

पोखरा, ३ असार-
नेपाली लोक साङ्गीतिक क्षेत्रमा “डाँडैमा भेट्न बोलाई” नामक गीतबाट आफ्नो यात्रा सुरु गरेका सुनिल परियारले पुनः अर्को कोशेली बजारमा ल्याएका छन् ।
हाल सम्म तिज गीत, रोइला गीत, पञ्चेबाजाको गीत लगाएतका प्रस्तुतीहरु बजारमा ल्याइसकेका सुनिल भन्छन् – “ फरक प्रस्तुतीहरु प्रस्तुत गर्दागर्दै म यस क्षेत्रमा जन्मदाको क्षण बिर्से जस्तो आभाष भएकाले यसपाली म पुनः बियोगान्त गीत मार्फत दर्शक तथा स्रोता माझ आएको छु ।”

रबिन्द्र अधिकारीको शब्द सृजना रहेको गीतमा लय सृजना चर्चित संकलक रमेश परियारले गरेका छन् भने आवाजमा सुनिल परियारसँगै पूर्णकला बि.सी. लाई पाउन सकिन्छ ।
धु्रव हिमाली र बिपना शिंह को अभिनय रहेको गीतको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् ।
हरी नारायण चौधरीले क्यामेरामा कैद गरेको उक्त गीतको भिडियो सम्पादन गिरिष रिजालले गरेका हुन् भने उक्त गीतलाई हिम सम्झौता डिजिटल प्रा.ली. ले बजार ब्यबस्थापन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: