
पोखरा, ५ असार-
चितवनका साहित्यकार रह शर्माको निबन्ध सङ्ग्रह दृष्टि बिम्बको पोखरामा शनिबार चर्चा गरिएको छ ।
साहित्य शृङ्खला पोखराले आयोज्ञजना गरेको कार्यक्रममा निर्मल सापकोटा र सावित्री गौतमले कृतिमाथि चर्चा गरे । कृतिमाथि बोल्दै सापकोटाले कृतिले साँस्कृतिक रुपान्तरणमा प्रतिबद्धताभन्दा पनि व्यवहारिक रुपमा कार्यान्वयनको खाँचो औल्याएको बताए ।
अर्का समिक्षक सावित्री गौतमले कृतिलाई आत्मपरक निबन्धको संगालोको संज्ञा दिदै क्रमबद्धता, विषयवस्तु चयन गहन भाव सम्प्रेषणका लागि लेखकले अझै मेहनत गर्नुपर्ने बताइन् । कृतिकार शर्माले साँस्कृतिक रुपान्तरणका लागि अझै परिमार्जित रुपमा आफू लागिपर्ने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रा.डा. भवानी पाण्डे, प्रगतिशील लेखक संघ प्रदेश नं. ४ का उपाध्यक्ष डा. कृष्णराज अधिकारी, प्राज्ञ हरिदेवी कोइराला र साहित्यकार पोषराज पौडेलले पनि बोलेका थिए ।
नुमराज बराल, विवस थापा, रामकुमार फुच्चे, कल्पना चिलुवाल, मदन भण्डारी, छवि सुवेदी “विजयी”, बीरेन्द्र लुंगेली, सक्ष्मण गौतम “हिमाली”, रोशन तामाङ, सर्वज्ञ श्रेष्ठ लगायतले रचनावाचन गरेका थिए । संस्थाका अध्यक्ष यादवराज उपाध्यायको अध्क्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी थापा र सञ्चालन सदस्य सुरज उपाध्यायले गरेका थिए ।
