
काठमाडौं, १२ असार-
एकैपटक हिजो ३ हजार रुपैयाँले बढेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।
आतइबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको ५९ हजार रुपैयाँ पुगेको थियो ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार भूकम्पपछिको पुननिर्माण र सेयर बजार उकालो लागेकाले सुन कारोबार निकै कम छ ।
आज चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेर तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
