तेश्रो मिस कल्चर नेपालको ट्यालेन्ट शो पोखरामा

Share:

पोखरा १९, असार-
पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिले आयोजना गरेको तेस्रो मिस कल्चर नेपाल २०१६ को ट्यालेन्ट राउण्ड शनिबार भएको छ ।
उक्त कार्यक्रमको मुख्य प्रायोजक संजिता फिल्म प्रालिको दोस्रो प्रस्तुत अन्तर्गत बजारमा आउन लागेको ‘चर्खा’ फिल्मका निर्माता एवम् निर्देशक धर्मराज बर्तौलाले मिस कल्चरले हाम्रो समाजमा लोप उन्मुख हुन लागेका मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने बताए । यस्ता कार्यक्रममाले नारीहरूमा आत्म विश्वास बढाउनुको साथै व्यक्तित्व र नेतृत्व विकास गर्ने भएकाले आफुले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको बताए ।
कार्यक्रममा प्रतियोगीहरूले नृत्य, गायन र हस्तकलाको प्रदर्शन गरेका थिए । १५ जना प्रतियोगीहरूको सहभागीतामा भएको उक्त कार्यक्रम शिक्षाविद् डा. यलियामा जोनको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा विद् डा. जोनले नेपालको शैक्षिक क्षेत्रमा पहिले भन्दा धेरै विकास भएको र अझै परिवर्तनको खाँचो रहेको बताईन् । यस्तो खालको कार्यक्रमले समाजमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने भएकाले कार्यक्रममको निरन्तरताको कामना समेत गर्नुभयो ।
कार्यक्रममा सुनौलो पब्लिकेशन प्रालिका अध्यक्ष गंगाधर पराजुली, चेरिष्मा इम्पोरियमकी संचालिका सिता बराल, न्यू मुनलाईट ग्लास हाउसका संचालिका मञ्जु गौतम, सानिमा बुटिकका संचालिका पुजा सिलवाल घिमिरे, पोखरामा कृयाशिल इभेन्ट अर्गनाइजरहरू साथै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्र, जिल्ला र विभिन्न इकाइका सौन्दर्यकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको निर्णयकमा समित केसी, हिरा भण्डारी, माया पुन, लक्ष्मण छन्त्याल र निरुता गुरुङ रहेका थिए भने कार्यक्रमको संचालन पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका व्यवस्थापक दिनेश शर्माले गरेका थिए ।
कार्यक्रमको फाइनल साउन १ गते पोखरा सभागृहमा हुने पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका प्रमुख शोभा गौतमले बताईन ।

कमेन्ट गर्नुहोस्
Share: