रुपन्देहीमा चट्याङ लागेर दुई जनाको मृत्यु, दुई घाइते

Share:

रुपन्देही, २४ असार –
रुपन्देहीको मैनहीया-४ अमारीमा चट्याङ लागेर आमा छोराको ज्यान गएको छ । ४४ वर्षकी शुभवती धवल र उहाँका २० वर्षका छोरा रामकेशको चट्याङ लागेर ज्यान गएको हो ।
उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । चट्याङ लागेर अरु दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ६५ वर्षकी सोनमती भर र १९ वर्षका प्रदिप धवल घाइते भएका हुन् ।
सोनमतीको अवस्था गम्भीर छ । उहाँको भैरहवा मेडिकल कलेजमा र धवलको स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहीबार बेलुकी सात बजेतिर उनीहरु खेतमा काम गरिरहेका बेला चट्याङ परेको हो ।

कमेन्ट गर्नुहोस्
Share: