शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा पोखरामा क्षेत्रीय अन्तरक्रिया

Share:

पोखरा २४ असार-
इन्सेक पश्चिमाञ्चल कार्यलय पोखरा र मानवअधिकार निगरानी समुह कास्कीको संयुक्त आयोजनामा पोखरामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागिहरुले राज्यको तहबाट नागरिकका मौलिक अधिकार तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी राज्यका निति तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको गुनासो गरेका छन् ।
कार्यक्रममा पर्बत, तनहुं, कास्कीबाट सहभागि हुन आएका मानवअधिकार निगरानी समुहका सदस्यहरु, कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएतले स्थानिय निकायबाट प्रभावकारी सेवा दिन नसकेको, ग्रामिण स्तरका बिद्यालयमा बालमैत्री शिक्षाको वाताबारण नभएको, प्राथमिक शिक्षा निशुल्क भनिएता पनि विभिन्न वहानामा शुल्क लिने गरिएको, स्वास्थ्य चौकिबाट प्रभावकारी सेवा उपल्ब्ध हुन नसकेको, गाविस स्तरमा कुषी प्राविधीकहरुको व्यवस्था नहुंदा सेवाग्राही मर्कामा परेको, खाद्यन्न तथा तरकारीहरुमा बिषादि र अखाद्य बस्तुहरुको मिसावटले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर गरेको बताउँदै अनुगमनका लागि सम्बन्धीत निकायको ध्यनाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुबेदिले जिल्ला प्रशासन कार्यलयमा बजार अनुगमन समितीले निरन्तर अनुगमन गरेको जानकारी गराउँदै मुल्य बृद्धि र मिसावट गरिएको पाईएमा तत्काल कारवाहि गरिने बताउनुभयो । जिल्ला कृषि बिकास कार्यलयका बरिष्ठ कृषि बिकास अधिकृत रमेश कोईरालाले चाप अनुसारको प्राबिधिक र जनशक्ति नभएका कारण ग्रामिण स्तरमा सेवा प्रभावकारी रुपमा दिन नसकिएको बताउनु भयो । कास्कीमा बिषादि प्रयोग गत बर्षको तुलनामा कमि आएको जानकारी गराउंदै उहाले कृषि बिकास कार्यलयले प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिता दिईरहको बताउनु भयो ।
कार्यक्रममा क्षेत्रीय पसुसेवा निर्देशनालयका निर्देशक डा देव नन्दन साह,क्षेत्रिय शिक्षा उप निर्देशक हरिहर घिमिरे, जिल्ला शिक्षा अधिकारी रमकान्त अर्यालले आ आफना कार्यालय अन्तर्गत उठेका समस्यालाई सम्बोधन गर्दै स्थानिय तहवाट समाधान हुन सक्ने विषयलाई यहिंवाट र हुन नसक्ने विषयलाई माथिल्लो निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा राष्टिय मानवअधिकार आयोगका खेम सुवेदी, जिल्ला वालकल्याण अधिकृत वद्री वाग्ले, बरिष्ठ अधिकारकर्मि टेकनाथ बराल, शान्तिका लागि नागरिक समाजको संजालका संयोजक सरला कुमारी पाण्डे,अधिबक्ता कमल अर्याल, अधिकारकर्मि बिष्णु बराल जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठ, उपभोक्ता मंच कास्कीका सचिब राजु अधिकारी लगायतले शिक्षा, स्वस्थ्य र खाद्यका सवालमा देखिएका समस्याका वारेमा बोल्नु भएको थियो ।
इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रम संचालति क्षेत्रमा देखिएका समस्याहरुका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । मानव अधिकार निगरानी समुह कास्कीका अध्यक्ष पदमराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्सेक पोखराकी कार्यक्रम फोकल पर्सन शवनम शर्माले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: