
काठमाडौं, २६ असार-
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ । चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध गराउन लागेको हो ।
प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान संरक्षण र शिक्षा प्रवद्र्धनका लागि दुई दुई भालेपोथी उपलब्ध गराइने सूचना तथा सञ्चारमन्त्री राईले बताए ।
कमेन्ट गर्नुहोस्
