लेखनाथमा मोही खाएका कारण ६ जना बिरामी

Share:

पोखरा, असार २६। माधब पनेरु ।
कास्कीको लेखनाथ नगरपालिका १६ लामगादीमा घरमा बनाएको मोही खाएर ६ जना बिरामी भएका छन । उनिहरुको पोखराको फेवासिटि हस्पीटलमा उपचार भैरहेको छ । शनिवार बेलुका मोही खाएर सुतेका सबैलाई एक्कासी पखाला लाग्ने, रिगंटा लाग्ने वाकवाकी हुने भएको बिरामीहरुले बताएका छन । 13624629_1178270382212589_401310051_n
लामगादीका सार्थक सहित किरण थापा,सरस्वती बस्नेत,खिमलाल लामिछाने, सरस्वती त्रिपाठी र रमा थापा बिरामी भएका छन । केहीको अबस्था गभ्भीर रहेको छ । स्थानिय खिमलाल लामिछानेको घरमा पारेको मोही खाएपछि उनिहरु बिरामी भएको बताईएको छ । फुड पाईजनका कारण बिरामी परेको उपचारमा संलग्न चिकित्सक डा. डोलेन्द्र आचार्य जानकारी दिए ।
बिरामी भएकाहरुको उपचार जारी छ । सबैमा एउटै प्रकारको लक्षण भएका कारण पनि मोहीमा भएको खरावीका कारण बिरामी भएको कुरा गर्न सकिन्छ । उपचार भैरहेका ६ जनाको स्वास्थ्य अबस्था भने खतरामुक्त रहेको छ ।
बृस्तीत रेडियो रिपोर्टको लागि  बिग न्युज सुन्नुहोला

कमेन्ट गर्नुहोस्
Share: