प्रधानन्यायाधीश सुशिला कार्कीको सपथ आज

Share:

काठमाडाैं, २७ असार–
संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित सुशीला कार्कीले सोमबार सपथ ग्रहण गर्दैछिन् । समितिले आइतबार उनको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आज बिहान ११ बजे कार्कीलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार कार्कीले सपथ लिएपछि उनले प्रमुख निर्वाचन आयुक्तमा सुनुवाइ समितिबाट अनुमोदित अयोधिप्रसाद यादवलाई सपथ ग्रहण गराउने छिन् ।

कमेन्ट गर्नुहोस्
Share: