पर्वतको दुर्लुङ्गमा जन्तीबस दुर्घटना ८ जना घाईते

Share:

पर्वत, २९ असार-
पर्वतको कुश्मा नगरपालिका–६ दुर्लुङ्गस्थित सल्यानमा बुधवार साँझ जन्तीवस दुर्घटना ८ जना घाईते भएका छन् । जस मध्ये एकको अवस्था गम्भीर रहेको छ ।
सडकबाट ५ मिटर तल बारीमा खस्दा यात्रुहरु घाईते भएका हुन् ।
पर्वतको कुश्मा नगरपालिका १८ पकुवा दुलुर््ङ पुगेको बस बेहुलि लिएर फर्किने क्रममा दुर्घाटना भएको हो । को ध१ख ९७ नम्वरको मिनिबस तिब्र गतिका कारण सडकबाट तल खसेको हो । घाईतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ ।
घाईतेहरु मध्ये गम्भीर बनेका पर्वतको चित्रे गाविस–५ का३३ वर्षिय दिलबहादुर परियारको अवस्था गम्भीर रहेको छ । उनको टाउको, छाती र खुट्टामा चोट लागेको छ । उनको थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुमा कुश्मा नगरपालिका–१८ का अमृत शर्मा, सोहि ठाउँका प्रदिप शर्मा, र घुम्रे परियार, निसि–१ बागलुङका प्रविन पुन, कुश्मा नगरपालिका–८ का सुमन थापा, तिलाहार गाविस–२ पर्वतका विज्ञान हमाल, कुश्मा उनिहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
सामान्य घाईतेहरु जिल्ला अस्पतालमा उपचार पश्चात घर फर्किएको पनि प्रहरीले जनाएको छ । वसमा सवार बेहुला बेहुली भने सकुसल रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: