
पर्वत, १८ साउन-
नेपाल मगर संघ पर्वतले जातीय, भाषिक साँस्कृतिक बसोबासको आधारमा छुट्टै गाउँपालिका माग गरेको छ । संघले सोमवार एक ज्ञापन पत्र पेश गर्दै । प्रेस विज्ञप्ती निकालेको छ ।
पर्वतमा ५ वटा स्थानीय निकाय बन्न स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले प्रस्ताव गरेको थियो । सोही बमोजिम जिल्लामा प्रस्तावित मल्लाज गाउँपालिका प्रति मगर संघले असहमति जनाएको हो । मल्लाज गाउँपालिकामा बनौँ, शालिजा, बाँसखर्क, माभफाँट, नाग्लीवाङ्ग, धाईरिङ्ग र मल्लाज गरी सातवटा उत्तरी गाविस प्रस्ताव गरिएको थियो ।
संघले विज्ञप्तीमा असहमति जनाउँदै कार्यविधीको ‘ग’ मा उल्लेखित बुँदा अनुसार जातीय, भाषिक, सांस्कृतिक बसोबासहरुमा एकै ईकाइमा रहने गरी गाउँपालिका गठन गर्ने भनि स्थानीइ तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधी अनुसार उनीहरुले नयाँ करवाकेली गाउँपालिका गठन गर्न माग गरेका छन् ।
बाँसखर्क, लेखफाँट गाविसका ४, ७, ८ र ९, शालिजा गाविसका २, ३, ५, ६, ७, ८ र ९, धाईरिङ्ग गाविसको ६ नं. वडा, बनौ, क्याङ्ग, देउराली गाविसका १ देखि ५ नं. वडा समायोजन गरी नयाँ गाउँपालिका गठन गर्न माग गरिएको संघका अध्यक्ष खममाया पुन फगामीले बताए । पत्रमा उल्लेखित क्षेत्रमा मगर जातीको बाहुल्यता रहेको छ ।
प्रस्तावित मल्लाज गाउँपालिकाको संरचना फेरबदलका लागि उनीहरुले सोम बहादुर फगामी पुनको संयोजकत्वमा २७ सदस्यिय समिति संघर्ष समिति समेत गठन गरेका छन् । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि अनुसार प्रस्तावित मल्लाज गाउँपालिकाको फेरबदल गरी प्रस्ताविक करवाकेली गाउँपालिका बनाउनका लागि समिति गठन गरिएको अध्यक्ष पुनले बताए ।
