अमेरिकी राष्ट्रपतिको उम्मेदवार क्लिन्टन ट्रम्पभन्दा सात अङ्क अगाडि

Share:

अमेरिका, १८ साउन । अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उनलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा चार अङ्कको बराबरको समर्थन थप भएको छ ।

यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अङ्कले लिड गरेको सर्वेक्षणले देखाएको बताइएको छ ।

रिपब्लिकनको अधिवेशनले डेमोक्रेटिक दलको अधिवेशन पूर्व ट्रम्पको पक्षमा दुई अङ्कको प्रगति देखाएको सीबीएस समाचार सर्वेक्षणले जनाएको छ ।

आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको अधिवेशनले यसलाई केही हदमा घटाउन मद्दत गरेको मत सर्वेक्षणले बताएको छ ।

मतदानका लागि नाम दर्ता भएका ५० प्रतिशत मतदाताको क्लिन्टनलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भए पनि ३५ प्रतिशत भने उनका आत्मिय प्रशंसक छन्, सीबीएस सर्वेक्षणले बताएको छ ।

अधिवेशनमा क्लिन्टनको उम्मेदवारीबारे भएको छलफल र डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवारी घोषणापश्चात उहाँको समर्थनमा थप पाँच प्रतिशतले वृद्धि हुँदा नकारात्मक विचार राख्ने सङ्ख्या छ प्रतिशतले घटेको छ ।

त्यसैगरी ट्रम्पको पक्षमा ३१ प्रतिशत मतदाता डोनाल्ड ट्रम्पप्रति सकारात्मक धारणा राखेका छन् । रिपब्लिकन पार्टीको अधिवेशन पूर्व पनि यो तथ्याङ्क ३१ प्रतिशत नै भएको सीबीएसकोसर्वेक्षणले देखाएको छ ।

रिपब्लिकन उम्मेदवार ट्रम्पप्रति ५२ प्रतिशत मतदाताको नकारात्मक धारणा रहेको सर्वेक्षणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: