प्रचण्ड नेपालको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

Share:

काठमाडौं, १९ साउन-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री बनेका छन् ।
व्यवस्थापिका संसदमा आज भएको मतदानमा ५ सय ७३ संसदले प्रधानमन्त्रीका लागि मत हालेका थिए । प्रचण्डको पक्षमा ३ सय ६३ र विपक्षमा २ सय १० मत परेको थियो ।
आज भएको मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए ।
उनलाई कांग्रेस, मधेसी मोर्चा लगायतका दलले निर्वाचित गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: