पाेखराकाे सेती नहर किनारमा नवजात शिशुकाे शव भेटियाे

Share:

पोखरा २२ साउन–
पोखराकाे बुलाैंदीमा झाडीमा फालिएकाे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । शरिरको केहि भाग राम्रोसँग विकास नभएको शिशुको शव बुलौंदीस्थित सेती नहर नजिकैको झाडीमा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शनिबार भेटिएकाे हाे ।

स्थानियले प्लाष्टिकमा बेरिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । साल नाल सहित भेटिएको शिशुको शव हेर्दा महिना पूरा नभई जन्मिएको जस्तो देखिने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: