नेविसंघको ११ आैं महाधिवेशन सुरु, देउवाले गरे उद्घाटन

Share:

काठमाडौं, २३ साउन –
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ अर्थात नेविसंघको ११ आैं महाधिवेशन सुरु भएको छ । ११ जिल्ला सहित केही क्याम्पसका प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन थालिएकाले महाधिवेशनको उद्घाटन सत्र ढिलो गरेर सुरु भएको हो । कांग्रेस सभापति देउवाले ११ वटा मैन वत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पार्टी सभापति देउवासहित नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत नेताहरु उपस्थित छन् ।
महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिएका छन् । नेविसंघमा अध्यक्षसहित पदाधिकारीका लागि एक सय भन्दा धेरैले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: