
पर्वत, २४ साउन–
पर्वतको कुश्मामा निर्माणधिन बसपार्कमा रोकी राखेको बसमा आगजानी भएको छ ।
आइतबार साँझ ग १ ख ४९ ३६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगोलागी हुदाँ बसपार्कमा रहेका अन्य २ सवारी साधनमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
ध १ ख ५६९ र ना ४ ख ९० ३४ गाडीमा सामान्य क्षती भएको प्रहरीको भनाइ छ ।
बसपार्कमा खेली रहेका बालबालिकाले आगो लगाएर त्यहाँ बाट भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
