फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

Share:

नुवाकाेट, २४ साउन–
सम्पर्कबिहिन रहेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ। गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउँदै गरेको अवस्थामा सम्पर्कबिहिन भएको थियो।

सम्पर्कबिहिन भएको हेलिकोप्टर नुवाकोटको मदनपुर पाखुरेमा दुर्घटनाग्रस्त भएको स्थानीय प्रशासनले जनाएको छ। नजिकैको डाँडामा ठोक्किएपछि आगो लागेको स्थानीयले बताएका छन्। बादलभित्र छिरेपछि निस्कने क्रममा डाँडामा ठोक्किएको बताइएको छ।

गोरखाको सिर्दिबास ८ बाट दिउँसो १२:१० मा उडेको हेलिकोप्टर १२:४० सम्पर्कविच्छेद भएको जानकारी फिस्टेल एयरका रमेश शिवाकोटीले दिए।  हेलिकोप्टरमा २२ वर्षीया सुत्केरी प्रिति गुरुङ, उनको चार दिनको नबजात सिशु र सासुससुरासहित परिवारका अन्य सदस्य थिए। विमान चालक रंजन लिम्बु रहेका छन्।

हेलिकोप्टरमा चालक र बिरामीसहित पाँचजना सवार थिए। उद्धारका लागि फिस्टेलले अर्को हेलिकोप्टर पठाएको छ।

कमेन्ट गर्नुहोस्
Share: