पोखराको फेवातालमा डुङ्गा पल्टिँदा दुईजना बेपत्ता, ६ जनाकाे उद्दार

Share:

पोखरा, २४ साउन-
पोखराको फेवातालमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । छ जनाकाे सकुशल उद्दार गरिएकाे छ । काठमाडौँ चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलिन केसी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पानीमा डुबेर घाइते हुनेमा१९ को रोशन न्यौपाने, मकवानपुर हेटौँडा–६ बस्ने वर्ष ३६ का विदुर धिताल र डुङ्गा चालक सिन्धुली घर भई हाल पोखरा लेकसाइड बस्ने वर्ष ३० का गङ्गा बस्नेतकाे सकुशल उद्दार गरिएकाे हाे ।

डुङ्गा दुर्घटनाको खबर प्राप्त हुन साथ वडा प्रहरी कार्यालय वैदाम र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगेको थियो ।

दुर्घटनामा पर्ने सबैजना काठमाडौँबाट पोखरा घुम्न आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: