नेविसंघ अध्यक्षमा आफ्नो उम्मेद्वारी कायमै रहेको बस्नेतको दावि

Share:

काठमाडौं, २५ साउन-
नेविसंघ अध्यक्षका उम्मेद्वार जितजंग बस्नेतले आफ्नो उम्मेद्वारी कायमै रहेको दाबी गरेका छन् ।
विवादका कारण नेविसंघको बन्दसत्र लम्बिइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको आधिकारिक उम्मेदवार नयनसिंह महर भएको बताएको भन्दै बस्नेतले आफ्नोे उमेद्वारी कायम भएको बताएका हुन् ।

नैनसिंहलाई आधिकारिक उम्मेद्वार दिएको कुरा गलत र निराधार भको उनले बताए । सभापति देउवाले यसबारेमा केही सल्लाह र निर्णय नगरेको उनको दावी छ । मीन विश्वकर्माले यो कुरा बाहिर ल्याएका र यो झुठो हो भ्रममा पार्न खोजिएको उनले बताए ।

बस्नेतले आफ्नो उम्मेदवारी कायमै रहेको र अध्यक्षमै लड्ने पनि बताए । विवाद गठन समितिका संयोजक प्रकाशशरण महतले आधिकारिक रूपमा नभनेसम्म यो कुरा सहि नभएको उनले बताए ।

उनले पार्टीको आधिकारिक निर्णय नहुँदै नैनसिंह महरलाई उठाउने निर्णय भयो भनेर प्रचारमा ल्याएका पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्मामाथि कारबाहीको माग पनि गरेका छन् ।

जीतजंग बस्नेत देउवाका निकट हुन् ।

कमेन्ट गर्नुहोस्
Share: