तारमुनी परेको जग्गाको शत प्रतिशत क्षतिपूर्ती मागे स्थानीयले

Share:

श्यामशीत्तल परियार
लमजुङ, १३ भदौ-
सिनो हाईड्रोले बिस्तार गरेको प्रशारण लाईनको तारमूनी परेको जग्गाको उचित क्षतिपूर्तिको माग राख्दै प्रभावितहरुले जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई सोमबार ज्ञापन पत्र बुझाएका छन् ।

प्रभावित जग्गाधनीहरुको गठित संघर्ष समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापन पत्र बुझाएका हुन् । पत्र छिट्टै प्रधानमन्त्री र ऊर्जामन्त्रीसम्म पुर्याईदिन उनीहरुले आग्रह गरेका छन् ।

‘प्रशारण लाईनको तारमूनी परेको जग्गामा घर बनाउन पनि नपाईने । बैंकले जग्गा धितो राख्ने र जग्गा बिक्री पनि नहुने रहेछ,’ प्रभावित एवम् संघर्ष समितिका सदस्य डम्बर बहादुर कार्कीले भन्नुभयो, ‘यस्तो अबस्थामा हाईड्रोले चलनचल्तीको मूल्यअनुसार जग्गाको सतप्रतिशत् क्षतिपूर्ति दिनुपर्छ । बरु जग्गाको लागत कट्टा गरोस् । प्रभावित सबैको माग यही हो ।’

उनका अनुसार विद्यतु प्राधिकरणले यसअघि नै १० प्रतिशत क्षतिपूर्ति पाउनका लागि सम्बन्धित प्रभावित जग्गाधनीहरुमा सुचना प्रवाह गरेको थियो । तर प्रभावितहरुले त्यसलाई सोझै अस्वीकार गरेका थिए ।
आफुहरुको माग पूरा नगरेसम्म सिनो हाईड्रोको सम्पुर्ण निर्माण कार्य रोकिदिन पनि उनीहरुले सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।
यस्तै, आदीबासी जनजाति महासंघ लमजुङका खेमजंग गुरुङले संचारकर्मीमा सो ज्ञापन पत्र पढेर सुनाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: