एकीकृत सम्पत्ति करमा पाँचसय प्रतिशत वृद्धी गर्न लागेको खोजेको कांग्रेसद्वारा विरोध

Share:

पोखरा, १६ भदौ-
नेपाली कांग्रेस वडा एकाइ समिति पोखरा–४ ले पोखरा उप–महानगरपालिकाले एकीकृत सम्पत्ति करमा पाँच सय प्रतिशतले वृद्वि गर्न खोजेको भन्दै विरोध गरेको छ ।
विगतको सहमति र प्रतिवद्वतालाई बेवास्ता गर्दै पोखरा उप–महानगरपालिकाले त्यस्तो निर्णय गर्नु निन्दनीय भएको ठहर गरेको छ ।
एकाइ सभापति गोविन्दप्रसाद पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कर वृद्विको निर्णयलाई तत्काल पुनर्विचार गर्न माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: