आयोजक ‘द व्रिटिश कलेज’ले जित्यो ‘इ–स्पोटर्स च्याम्पियनसिप’को उपाधि

Share:

बिग न्यूज
काठमाण्डौ, १६ भदौ । थापाथलीस्थित ‘द ब्रिटिश कलेज’का विद्यार्थीहरुले इ–स्पोटर्स च्याम्पियनसिप २०१६ अन्तरगत काउन्टर स्ट्राइक(सिएसःगो)को उपाधि जितेका छन् । आयोजक समेत रहेको द व्रिटिश कलेजको विजेता टोली (जीएफएस टीबीसी) अन्तरगत सागर गोपाली, दानिस गुरुङ, प्रणय दाहाल, विजयमान बज्राचार्य, राजकृष्ण महर्जन, अभियान गौतम र श्रीयाज पौडेल रहेका थिए ।

प्रतियोगितामा सिएसःगो, डोटा–२ र फिफा–१६ विधाका खेलहरु खेलाइएको थियो । सोही बिधाको खेलमा टिम पावर प्ले दोस्रो भयो । दोस्रो हुने टिममा आकाश थापा, अरुण मिश्र, निग्मा तमाङ, दुर्लभ शाक्य, सुरज नापित र दीपेश तुलाधर रहेका थिए ।

डोटा–२ खेलमा टीम–४ मेरिकलले उपाधि जितेको छ । उक्त समूहमा कुनाल तिमल्सिना, अजित लामा, अजय तमाङ, दीपु लामा, सिमुल विष्ट र प्रविन महर्जन रहेका थिए । त्यसैगरी, दोस्रो हुने समूहमा आरजेडवाई रहेको छ ।

सो टीममा साजन तामाङ, दीलिप तामाङ, सवन तामाङ, सोनाम शेर्पा र जेरुशन शर्मा रहेका थिए । त्यसैगरी, फिफा–१६ खेलमा सञ्जय सिपाही प्रथम भएका थिए भने प्रोनिम पिया दोस्रो र क्रिपेश महर्जन तेस्रो भएका थिए ।

खेलमा उपाधि जित्नेहरुलाई द व्रिटिश कलेज परिसरमा कलेजका एशोसिएट डिन (आइटी÷कप्युटर साइन्स) अरुणलाल जोशीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै जोशीले यस्ता खेलले विद्यार्थीहरुमा मनोरञ्जन र शिक्षाका साथै कार्यक्रम व्यवस्थापनको क्षमता अभिवृद्धी गर्न सहयोग गर्ने बताए ।

प्रतियोगितामा उपत्यकाका ४० वटा कलेजका दुई हजार विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता पाँच दिनसम्म चलेको थियो । खेलका उपाधि जित्नेहरुलाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र दिइएको खेलका संयोजक प्रतिक गौतमले जानकारी दिए ।

पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले सबैको मन जित्न सफल भएको र आगामी वर्षहरुमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिने गौतमको भनाई छ ।

नेपालमा इ–स्पोटर्स खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले कलेजका विद्यार्थीहरुले प्रतियोगिता आयोजना गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: