कास्कीको माछापुच्छ्रे गाविस मदिरा निषेधित क्षेत्र बन्दै

Share:

पाेखरा, १८ भदौ-
कास्कीको माछापुच्छ्रे गाविसमा रहेको माछापुच्छ्रे युवा सञ्जालले गाविसका ९ वटै वडामा मदिरा निषेध गर्ने भएको छ ।

माछापुच्छ्रे गाविसको यही भदौँ १५ गते माछापुच्छ्रे युवा सञ्जालका अध्यक्ष कुमार पुनको अध्यक्षतामा बसेको सञ्जालको तेस्रो बैठकले यो निर्णय गरेको हो ।

सञ्जालले हाललाई गाविसका ९ वटै वडाका विभिन्न सार्वजानिक स्थानहरुमा धुम्रपान, मद्यपान, जुवातास निषेधित तथा नियन्त्रण गर्नका लागि जनचेतनामूलक अभियान चालेको छ ।

सञ्जालले पर्चा पम्पलेट तथा पोस्टरहरु टाँस्ने र नागरिकहरुलाई जनचेतनाजगाउने कार्यक्रमा सरिक भएको छ । सञ्जालले घाचोक गाविसको भलावटमा रहेको प्रहरी चौकी सँग सहकार्य गरी अभियान चालेको हो ।

सञ्जालले तत्कालका लागि सार्वजनिक क्षेत्रमा निषेध तथा नियन्त्रण गरेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: