लेखनाथकाे पचभैयामा बन्न लागेकाे चिडियाखाना निर्माणका लागि १० लाख सहयाेग

Share:

पोखरा, १८ भदौ-
‘युनाइटेड क्लब’ पोखराले लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन चिडियाखानालाई रु .१० लाख सहयोग गरेको छ ।

क्लबका अध्यक्ष शुुकबहादुर गुरुङले चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेललाई आज यहाँ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

क्लबले यसअघि पनि चिडियाखाना निर्माणका लागि रु १५ लाख सहयोग गरेको संयोजक बख्रेलले जानकारी दिए । चिडियाखाना निर्माणको लागि लेखनाथ नगरपालिकाले पनि रु १० लाख सहयोग गरेको बताइएको छ । सो ठाउँमा अहिले वन्यजन्तु उद्धार सेन्टरको निर्माण भइरहेको छ ।

घाइते वन्यजन्तुको उद्वार गर्ने स्थान अहिले पोखरामा कही नभएकाले सो ठाउँमा उद्वार सेन्टरको निर्माण भइरहेको संयोजक बख्रेलले बताए ।

एकसय ३४ हेक्टर जमिनमा चिडियाखाना निर्माण भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: