रोजगारीका अवसर बढ्दै ग्रीसमा, अर्थतन्त्रमा सुधारका संकेत देखिए

Share:

ग्रीस, ३१ भदौ-
सन् २०१० पछि युरोप तथा अमेरिकी मुलुकबाट जमानत सहायतामा चल्दै आएको ग्रीसको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन् ।

सन् २०१६ को अप्रिल देखि मेबीचमा पहिलो तीन महिनाको २५ प्रतिशतबाट बेरोजगारी समस्या २३।१ प्रतिशतमा झरेको ग्रीसले बिहीबार बताएको छ ।

तर युरोपियन युनियन ९ईयू० मा ग्रीसको यो बेरोजगार समस्यालाई अझैपनि खराब अवस्थाका रुपमा लिइएको छ ।

ग्रीसका तथ्याङ्क अधिकारीले दिएको रेकर्डअनुसार ग्रीसमा नयाँ आर्थिक वर्षको दोस्रो तीन महिनामा आइपुग्दा अझै ११ लाख नागरिक बेरोजगार रहेको बताइएको छ भने ३७ लाख नागरिकले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

ग्रीसको सार्वजनिक अर्थ व्यवस्थामा सन् २०१० को सुरुवातसँगै आएको सङ्कटपछि ग्रीसले पहिलो अर्बौ युरो बराबरको जमानत लिएको थियो ।

यसपछि सन् २०१४ सम्म आइपुग्दा बेरोजगार समस्या २८ प्रतिशतमा झरेको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: