पोउवा संघ अध्यक्षमा विश्वशंकर पालिखे सहित उनकै प्यानलको वर्चश्व (सम्पूर्ण मत परिणाम, तस्विर सहित)

Share:

रञ्जन अधिकारी पोखरा, ३ असोज / पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशंकर पालिखे निर्वाचित भएका छन् । संघको आईतबार सम्पन्न ३१ औं महाधिवेशनमा निकटम प्रतिद्वन्द्वी देव क्षेत्रीलाई एक सय ५५ मतान्तरले पछाडि पार्दै पालिखे विजयी भएका हुन् । संघको २२ औं अध्यक्ष बन्ने क्रममा पालिखेले नौ सय ५५ मत प्राप्त गरे । क्षेत्रीले ८ सय मत प्राप्त गरे ।

अध्यक्ष पदका लागि प्रतिष्पर्धा गरेका ६ जना उम्मेदवार मध्ये नारायण कोइराला तेस्रो स्थानमा आए । उनले चार सय ११ मत प्राप्त गरे भने पहिलो महिला उम्मेदवार हिरा भट्टराईले एक सय ६३ मत ल्याईन् । ईश्वर कर्माचार्य एक सय २३ मतका साथ पाँचौ स्थानमा रहे । सबैभन्दा थोरै मत धनिराम बरालले ४४ मात्रै ल्याए ।

पदाधिकारीमा पनि अध्यक्ष पालिखे प्यानलकै बर्चश्व छ । वरिष्ठ उपाध्यक्षमा रविन्द्रबहादुर प्रजू (१४५४ मत), उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की (१२४१ मत) र वाणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी (९६२ मत) विजयी भइन् । महासचिवमा दामु अधिकारी (१४१२ मत), उपमहासचिवमा अर्जुन पोखरेल (१०९८ मत) र कोषाध्यक्षमा पवनकुमार प्रजापति (१५१८मत ) विजयी भएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा विजयी बनेका कोइराला स्वतन्त्र उम्मेदवार हुन् भने उपमहासचिवमा विजयी पोखरेल मात्र देव क्षेत्री प्यानलका उम्मेदवार हुन् । पदाधिकारीमा विजयी अन्य सबै उम्मेदवारहरु पालिखे प्यानलका हुन् । ‘समावेशी व्यवसायिक टीम’ भन्दै पालिखेले देव क्षेत्री प्यानल विरुद्ध आफ्नो प्यानल बनाएका थिए । वरिष्ठ उपाध्यक्षमा प्रजुका प्रतिष्पर्धी मिनराज काफ्लेले १०४० मत ल्याए । उपाध्यक्ष उद्योगतर्फ सीता गुरुङ एक मतले मात्र कार्कीसँग पछि परिन् । पालिखे प्यानलका केदारनाथ भट्टराईले ८२८ तथा क्षेत्री प्यालनबाट चुनाव लडेका सुरेश अधिकारी ६९० मतमा समेटिँदा स्वतन्त्र चुनाव लडेकी कोईरालाले बाजी मारेकी हुन् ।

काँग्रेस र एमालेको प्रतिष्ठाको लडाईं मानिएको महासचिव पदमा काँग्रेस कोषाध्यक्ष समेत रहेकी लक्ष्मी पाण्डेले १०७९ मत ल्याउँदा अधिकारी ३३३ मतले अघि रहे । कोषाध्यक्षमा पदाधिकारी मध्ये सबैभन्दा बढि अन्तरले जनकराज पराजुली (९७५ मत) लाई प्रजापतिले ५४३ मतले हराएका हुन् । उपमहासचिव पदमा पोखरेलसँग चुनाव लडेका नविन बरालले ९९१ मत र धर्मराज अर्यालले ३९४ मत प्राप्त गरे ।

त्यसैगरी, खुल्ला सदस्य १० पदमा ६ महिला सहित २१ जना प्रतिष्पर्धामा थिए । खसेको २४०० खुल्ला साधारण सदस्यको मतमध्ये सबैभन्दा बढी मत अनिल सिग्देलको आएको छ । सिग्देल १५६९, सीता बराल १५१४, सुरेन्द्रमान बिजुक्छे १३७०, किसान सुनार १३४०, यदुनाथ अधिकारी १३५६, चिनु गुरुङ १३३५, देव कृष्ण काफ्ले १२९२, प्रेम बहादुर भूजेल ११६५, गोमा ढकाल ११४४, गीता तिवारी १११९ मतका साथ विजयी भए । सदस्यमा विजयी चिनु गुरुङ र गोमा ढकालमात्र देव क्षेत्री प्यानका हुन् । कुमारी मुना बास्तोला ११०५, गिरीधारी शर्मा १०२६, पवित्रा देवि गुरुङ १०१८, प्रेम प्रसाद पौडेल १०१३, बलराम आचार्य ९८४,हरिराज पन्त ८८९, हिमालय बख्रेल ८८०, नवराज त्रिपाठी ८६६, अर्जुन खनाल ८५६, महेश्वर पोखरेल ६८९ र स्वतन्त्र लडेका कृष्ण रानाभाटले ५११ मत ल्याउँदा जितका लागि पर्याप्त बनेन ।

उता, बस्तुगत सदस्यमा कूल मतदाता २३ रहेकोमा आठ उम्मेदवारमध्ये चार जनामा डिवि भुजेलले १५, यामनाथ पौडेल र नारायणप्रसाद पौडेलले १३/१३ र गिरीधारी अधिकारीले १२ मत ल्याउँदै विजयी बने । उनीहरु सबै विश्वशंकर पालिखे प्यानलका हुन् । माधवप्रसाद पौडेलले ११, तारानाथ ढुंगाना र यमनाथ तिमिल्सिनाले १०/१० तथा केपी शर्माले ८ मत ल्याए ।

उद्योगतर्फ सदस्यमा मोहनबाबु खड्का निर्विरोध चुनिए भने कर्पोरेट सदस्यतर्फ कमलबहादुर बस्नेत र नरेन्द्र बँस्तोला मात्रैको उम्मेदवारी परेपछि दुवै जना निर्विरोध चयन भईसकेका छन् । संघमा २ हजार ७ सय ४९ मतदाता रहेकोमा दुई हजार पाँच सय १३ जनाले मतदान गरेका थिए । संशोधित विधान अनुसार निवर्तमान अध्यक्ष विन्दुकुमार थापा र अध्यक्ष पालिखेले पछि मनोनित गर्ने चार सदस्य सहित २९ सदस्यीय कार्यसमिति हुनेछ ।

यसैबीच, निर्वाचन समिति संयोजक दीपक श्रेष्ठले नवनिर्वाचित अध्यक्ष पालिखे र अध्यक्ष पालिखेले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए । १२ वर्षअघि पराजय व्यहोरेपनि अहिले अध्यक्षमा निर्वाचित भएपछि पालिखेले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरे ।

bishwo-shankar-palikhe-speech

उनले सबैलाई मिलाएर अघि बढ्ने भन्दै आफूले प्रतिबद्धता पत्रमा उल्लेख गरे अनुसारकै काम गर्ने बताए । ‘मलाई जिताउनुभएकोमा सबै उद्योगी व्यवसायीलाई धन्यवाद दिन चाहन्छु । मेरो जिम्मेवारी प्रतिबद्धतालाई कार्यान्वयन गर्ने हो ।’ उनले भने– ‘कार्यसमितिका सबै पदाधिकारी, सदस्य साथीहरु सहित सबै सबै व्यवसायीको साथ मलाई आवश्यक रहन्छ ।’

यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैककले ३ जना सदस्य मनोनित गरेको छ । मनोनित हुनेहरुमा प्रकाशदेव पालिखे, हिरामणि पण्डित र चन्द्र किशोर गौतम मनोनित छन् । १ जना पछि मनोनित गर्ने बनाइएको छ । सदस्यमा मनोनित प्रकाशदेव पालिखे निवर्तमान उपमहासचिव हुन् । उनले सहमतिका लागि भन्दै कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।

3-manonit

अध्यक्ष

१, ईश्वर कर्माचार्य १२३
२, देव क्षेत्री ८००
३, धनिराम वराल ४४
४, नारायण कोईराला ४११
५, विश्वशंकर पालिखे ९५५ (विजयी)
६, हिरा भट्टराई १६३

बरिष्ठ उपाध्यक्ष 

१, मिनराज काफ्ले १०४०
२, रविन्द्र वहादुर प्रजु १४५४ (विजयी)

उपाध्यक्ष (उद्योग )

१, गोकर्ण कार्की १२४१ (विजयी)
२, सीता गुरुङ १२४०

उपाध्यक्ष (बाणिज्य )

१, केदारनाथ भट्टराई ८२८
२, विन्दु कोईराला सुवेदी ९६२(विजयी)
३, सुरेश अधिकारी ६९०

महासचिव 

१, दामु अधिकारी १४१२ (विजयी)
२, लक्ष्मी पाण्डे १०७९

कोषाध्यक्ष 

१, जनकराज पराजुली ९७५
२, पवन कुमार प्रजापती १५१८ (विजयी)

उप महासचिव 

१, अर्जुन पोखरेल १०९८ (विजयी)
२, धर्मराज अर्याल ३९४
३, नविन बराल ९९१

सदस्य (खुल्ला)

१, अनिल सिग्देल १५६९ (विजयी )
२, अर्जुन खनाल ८५६
३, किसान सुनार १३४० (विजयी )
४, कुमारी मुना वास्तोला ११०५
५, कृष्ण रानाभाट ५११
६, गीता तिवारी १११९ (विजयी )
७, गिरधारी शर्मा १०२६
८, गोमा ढकाल ११४४ (विजयी )
९, चीनु गुरुङ १३३५ (विजयी )
१०, देव कृष्ण काफ्ले १२९२ (विजयी )
११, नवराज त्रिपाठी ८६६
१२, पवित्रा देवि गुरुङ १०१८
१३, प्रेम प्रसाद पौडेल १०१३
१४, प्रेम वहादुर भूजेल ११६५ (विजयी )
१५, बलराम आचार्य ९८४
१६, महेश्वर पोखरेल ६८९
१७, यदुनाथ अधिकारी १३५६ (विजयी )
१८ सीता बराल १५१४ (विजयी )
१९, सुरेन्द्रमान बिजुक्छे १३७० (विजयी )
२०, हरिराज पन्त ८८९
२१ हिमालय बख्रेल ८८०

सदस्य (बस्तुगत)

१, नारायण प्रसाद पौडेल १३ (विजयी)
२, गिरीधारी अधिकारी १२ (विजयी)
३, डिवी भूजेल १५ (विजयी)
४, यामनाथ पौडेल १३ (विजयी)
५, तारानाथ ढुङ्गाना १०
६, केपी शर्मा ८
७, यमनाथ तिमल्सिना १०
८, माधव प्रसाद पौडेल ११

कर्पोरेट सदस्य (निर्विरोध)

१, नरेन्द्र वास्तोला
२, कमल वहादुर बस्नेत

औद्योगिक सदस्य (निर्विरोध )

१, मोहन बाबु खड्का

मनोनित सदस्य

१, प्रकाशद्व पालिखे
२, चन्द्र किसोर गौतम
३, हिरामणी पण्डित

(एक सदस्य बाँकी)

निवर्तमान अध्यक्ष

विन्दुकुमार थापा

pcci-news

कमेन्ट गर्नुहोस्
Share: