
पोखरा, ३ असोज । बिग एफएमको सातौँ सिजन अन्तरगत ‘स्यालुट गोर्खा ट्रेनिङ सेन्टर’ले व्यवसायिक सहकार्य गरेको छ । उसले ‘पावर्ड बाई’ टाईटलमा बिग आईकनसँग सहकार्य गरेको हो ।
ट्रेनिङ सेन्टरका अध्यक्ष राहुल पाण्डे र बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालबीच सहकार्यका लागि सम्झौता भएको हो । बिग आइकनसँग सहकार्य पछि सेन्टरका अध्यक्ष पाण्डेले नेपालकै सर्वाधिक चर्चित गायन रियालिटि शोमा सहकार्य गर्न पाउँदा निकै खुशि लागेको प्रतिक्रिया दिए । उनले बिग आइकनको प्रभावकारिता देखेर नै आफुहरु यो ईभेन्टमा सहकार्य गर्न तयार भएको बताए ।
त्यस्तै एफएमका मार्केटिङ म्यानेजर कमल बरालले बिग आइकनमा व्यवसायिक रुपमा सहकार्य गरेकोमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टरलाई धन्यबाद दिए । उनले यो व्यवसायिक सहकार्य अझै निरन्तर भैरहने अपेक्षा समेत व्यक्त गरे ।
बिग एफएमले यस अगाडि बिग आइकनको टेलिभिजन पार्टनरको रुपमा एभिन्यूज टेलिभिजनसँग सहकार्य गरिसकेको छ । यतिबेला सातौँ सँस्करणको बिग आइकनको फाराम वितरण भैरहेको एफएमले जनाएको छ ।
