
पोखरा, ६ असोज-
पोखरा बहुमुखि क्याम्पसले पोखरामा जारी अन्तरकलेज कास्की जिल्लास्तरीय छात्र भलिवल प्रतियोगितामा उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा पोखरा बहुमुखिले स्पाइरल ग्यालेक्सी उच्चमाविलाई पराजित गर्दै उपाधि हात पा¥यो ।
आयोजक पोखरा बहुमुखि क्याम्पसले स्पाइरल ग्यालेक्सीलाई १९–२५, २५–२३, २५–२३ र २८–२६ मा पराजित गर्दै नगद २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो । उपविजेता बनेको स्पाइरलले १२ हजार रुपैयाँ पुरस्कार पायो । बुधबार भएको दोश्रो सेमिफाइनल खेलमा स्पाइरलले राष्ट्रिय उच्चमाविलाई पराजित गरेको थियो ।
स्पाइरलले २५–२३, २५–१६, २५–२७ र २५–२१ को सेटमा राष्ट्रिय उच्चमाविलाई पराजित गरेर फाइनलमा पोखरा बहुमुखिसँग भेट गरेको थियो । पोखरा बहुमुखि क्याम्पस विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको प्रतियोगितामा कास्कीका सामुदायिक र नीजि क्याम्पसका १३ वटा टिमले भाग लिएका थिए ।
प्रतियोगिता संयोजक सुवाश शर्माले कलेजमा भलिवलका प्रतिभावान खेलाडी रहेको र उनीहरुको पहिचान दिलाउन यो प्रतियोगिता आयोजना गरेको बताए । पोखरा बहुमुखि क्याम्पसका प्रमुख सुनील मर्सानीले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताए ।
