एकैदिन पाँच सय बढ्यो सुनको भाउ बढ्यो

Share:

असोज ६ गते-
सुनको भाउ बिहीबार एकैदिन तोलामा ५ सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँले बढेर ८ सय ९० पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महँगो भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: