पोखराका सामाजिक व्यक्तित्व निलकण्ठ बरालको निधन

Share:

पोखरा, ७ असोज-
पोखरा ७ नुवारथोक निवासी राजनैतिक, सामाजिक एवं धार्मिक व्यक्तित्व निलकण्ठ बरालको निधन भएको छ । बरालको ६८ वर्षको उमेर पोखरा ६ बङ्गलादीमा बिहीबार बिहान निधन भएको हो ।

फोक्सोमा समस्या आए पछि केहि समय देखि उपचाररत बराल नेपाली काग्रेस पोखरा ७ इलाकाका पुर्व सदस्य, किसान संघका पुर्व सभापति, विभिन्न संघसंस्था एंव धार्मिक संस्थामा आवद्ध थिए । २००५ सालमा जन्मिएका बरालका १ श्रीमती, २ छोरा र २ छारी छन् । बरालको बिहीबार नै पोखराको रामघाटमा रहेको तुलसी घाटमा दाहा संकार भएको छ ।

बरालको पार्थिक शरिरमा नेपाली काग्रेसका नेता शुक्रराज शर्मा, सोभियत बहादुर अधिकारी, शोभाचन्द्र बराल लगायतले नेपाली काग्रेस पार्टिको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । यसै विच नेपाल काग्रेस पोखरा ७ इकाइका सभापति नविन राज बरालले शोक विज्ञप्ती जारी गरि निधनले पार्टीले एउटा निष्ठाबान कार्यकता गुमाएको भन्दै गहिरो शोक व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: