माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आज

Share:

काठमाडौं, ८ असोज-
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक शनिबार बस्दैछ । पार्टी कार्यालय कोटेश्वरमा बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाका बारेमा छलफल हुने नेता अग्न सापकोटाले जानकारी दिए ।

पार्टीको महाधिवेशन आयोजक समिति, केन्द्रीय कार्यालय, पोलिटब्युरो, सचिवालय लगायतका संरचना भद्दा भएको गुनासो बढेपछि संठनात्मक ब्यवस्थापनका विषयमा छलफल हुने बताए  ।

केही नयाँ चुस्त दुरुस्त संगठन निर्माणका लागि जिम्मेवारी बाँडफाड लगायतका निर्णय बेठकले गर्ने नेता सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: