फेवा देखि बेगनास सम्म टुर दि पोखरा साइकल यात्रा

Share:

पोखरा, ८ असोज-
साइकल चढौँ, स्वस्थ्य बनौँ, वातावरण जोगाऔँ र पर्यटन प्रवद्र्धन गरौँ भन्ने मूल नाराका साथ आज बिहान यहाँ बृहत् साइकल ¥यालीको आयोजना गरियो ।

विश्व मुटु दिवसको अवसरमा साइकल सिटी पोखराको आयोजनामा भएको सो ¥यालीमा ६०० साइकल यात्रीको सहभागिता रहेको थियो ।

पोखरालाई साइकलमैत्री पर्यटकीय सहर बनाउने उद्देश्यले ¥यालीको आयोजना गरिएको कार्यक्रम संयोजक नीरज थापाले जानकारी दिए ।

विश्व साइकलयात्री पुष्कर शाह पनि ¥यालीमा सहभागी हुनुभयो । त्यस्तै ५५ वर्षदेखि साइकल चढ्दै आउनु भएका ८६ वर्षीय जगतबहादुर रञ्जितलाई कार्यक्रममा सम्मान गरिएको थियो । उहाँले विसं २०१८ मा किनेको साइकल अहिलेसम्म चढ्दै आउनुभएको र उहाँ अहिले पनि स्वस्थ्य हुनुहुन्छ ।

पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको ¥याली हल्लनचोक, सिर्जनाचोक, बगालेटोल, बगर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै लेखनाथ नगरपालिकाको बेगनासतालस्थित डुङ्गाघाटमा पुगेर सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: