
नवराज ढुङ्गाना
पोखरा, ९ असोज-
पर्यटक गाईडहरुको संस्था होटल प्रतिनिधि समाज पोखराको १६ औं अधिवेशनले तिलक बहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार गुरुङ्ग, प्रथम उपाध्यक्षमा पुष्टबहादुर पाण्डे, द्धितिय उपाध्यक्षमा बाबुराम आचार्य, महासचिवमा सन्तोष काफ्ले, सचिवमा मोहन बस्नेत, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने, सह–कोषाध्यक्षमा प्रविण लामिछाने चयन सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा सन्तु चौधरी, अमृत गुरुङ्ग, पवन बसौला, मोतिराम पौडेल, जीवराज उपाध्याय, तुल बहादुर भण्डारी र डिल्लिराम अधिकारी रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल होटल संघका महासचिव भेकेन्द्रबहादुर श्रेष्ठ पोखराको पर्यटन प्रर्वद्धन गर्न पर्यटक गाईडहरुको महत्वपूर्ण भूमिका हुने बताए ।
निवर्तमान अध्यक्ष दिपेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन प्रहरी उपशाखा कास्कीका प्रेमबहादुर आले, संस्थाका सल्लाहाकार अनिल सिंह, कृष्ण केसी लगायतले बोलेका थिए ।
साधारणसभाले राजकुमार गुरुङ्गले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष माधव लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
समाजले पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
