बिग आइकनको मिडिया पार्टनरमा ‘समाधान दैनिक’

Share:

रेम बिक
पोखरा, १० असोज । गायन रियालिटि शो बिग आइकनको मिडिया पार्टनरको रुपमा समाधान दैनिकसँग बिग एफएमको सम्झौता भएको छ । सातौँ सँस्करणको बिग आइकनका लागि दुई मिडिया हाउसबीच सम्झौता भएको हो ।

यसअगाडि पनि बिग आइकनको मिडिया पार्टनरको रुपमा सहकार्य गरिसकेको समाधान दैनिकले त्यसलाई पुनः निरन्तरता दिएको हो । बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र समाधान दैनिकका मार्केटिङ म्यानेजर सिरिप्रसाद पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्दै साझेदारीलाई फाईनल गरेका हुन् ।

‘पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमको ग्राण्ड ईभेन्ट बिग आइकनमा मिडिया पार्टनरको रुपमा सहकार्य गर्नु हाम्रो लागि पनि फाईदाको कुरा हो ।’ समाधान दैनिकका मार्केटिङ म्यानेजर सिरिप्रसाद पोखरेलले भने–‘यो दुई मिडियाबीचको साझेदारीले आपसी सहयोग आदानप्रदानलाई पनि प्रस्ट्याउँछ ।’

त्यस्तै बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले प्रदेश नम्बर ४ कै उत्कृष्ट पत्रिकासँग ईभेन्टका लागि साझेदारी गर्दा त्यसको प्रभाव सकारात्मक पर्नेमा विश्वस्त देखिए ।

बिग आइकनको पछिल्लो सँस्करणको अडिसन केहि समयमै शुरु हुने एफएमले जनाएको छ । गायन प्रतिभाहरुको लागि उत्कृष्ट मञ्चको रुपमा स्थापित बिग आइकनमा सहभागिताका लागि यतिबेला एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: