
पोखरा, १२ असोज-
ट्रेकिङ एजेन्सिज अफ नेपाल टान पोखराको मंगलबार भएको पदस्थापना तथा शपथ ग्रहण समारोहमा निर्वाचित सदस्यहरूले सबैको सहयोग र सुझाव लिएर राम्रो कार्य गर्ने प्रतिबद्दता जनाएका छन् ।
कार्यक्रममा सभापति डम्बर बहादुर केसी र निर्वतमान टानका अध्यझ रामचन्द्र शर्माले टानको गरिमा र महत्व लाई आत्मसात गर्दै अहमता नराख्न आग्रह गरे ।
निर्वाचनलाई हार र जीत भन्दा पनि सकारात्मकरूपमा काम गर्न सुझाव दिएका थिए । यसैगरि, नवनिर्वाचित अध्यझ दीपकराज अधिकारीले सबैको सहयोगको अपेझा राख्दै हातेमालो गरेर अघि बढने बताए । टानको सिल्बर जुब्ली लगायत कामहरू चुनौति र अवसर दुवैलाई सकारात्मक ढंगले पूर्ण गर्ने प्रतिबद्दता जनाएका थिए । टान अधिवेशनले अध्यक्षमा दीपकराज अधिकारी र कोषाध्यझमा दिवस लामिछाने सर्वसम्मत चयन भएका थिए ।
प्रथम उपाध्यक्ष हरि भुजेल दितिय उपाध्यक्षमा विश्वराज अधिकारी त्यस्तै सचिवमा सुशीलराज पौडेल सहसचिवम् धर्म पन्थी चयन भएका छन् । कार्यक्रममा निर्वाचन सदस्य डम्बर केसी भोजकुमार श्रेष्ठ र राम्रो कार्य गरे बापत टान कर्मचारी ज्योति गुरूडलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसै गरि कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, टानका पूर्व अध्यझ नारायण सापकोटाुबसन्त दबाडी सल्लाकार हिरा बहादुर केसी र लक्की कार्की लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सचालन भोजकुमार श्रेष्ठले गरेका थिए ।
