
बिग न्यूज
पोखरा, १६ असोज । ‘महा आजिजा’(आउनुहोस्, जित्नुहोस्, जानुहोस्)को पछिल्लो सिजन शुरु भएको छ । बिग एफएमले हरेक वर्ष दशैँको अवसर पारेर आयोजना गर्ने रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत पहिलो दिन एक जनाले जितेका छन् ।
पहिलो दिन न्यूरोडकी कमला श्रेष्ठ र लेकसाईडका सरोज नेपालीले ५/५ सय रुपैयाँ जिते । कुल चार जनाले खेलेको गेममा अन्य दुई जनाले सहभागिता शुल्क मात्रै प्राप्त गरे ।
यो पटकको ‘महा–आजिजा’ असोज १६ गते घटस्थापनादेखि २२ गते फूलपातीसम्म चल्ने एफएमले जनाएको छ । हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म चल्ने रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।
रेडियो गेम शो मा सहभागिता जनाउनका लागि स्रोताहरुले एसएमएसबाट नाम दर्ता गराउनुपर्नेछ । सहभागिताका लागि नाम दर्ता गराएका स्रोताहरुमध्येबाट लक्की ड्र गरेर छानिएका स्रोताहरुलाई एफएम आफैँले फोन गरेर कार्यक्रममा सहभागी बनाउनेछ । सहभागिताको लागि स्रोताहरुले BIGस्पेस दिएर FM लेखि ४३२१ मा एसएमएस गर्नुपर्ने एफएमले जनाएको छ ।
पोखरा ट्रेडमलको मुख्य प्रायोजनमा भएको रेडियो गेम शो ‘महा–आजिजा’मा एपेक्स डिजिटलले पनि व्यवसायिक सहकार्य गरेको छ ।
