चौथो नदीकप सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु

Share:

पोखरा, २० असोज-
नदीपुर युथ युकेको मुख्य प्रायोजनमा चौथो संस्करणको नदीपुर कप बुधवार देखि सुरु भएको छ । नदीपुर युवा क्लवको नदीपुर स्थित नगर प्रशिक्षणको खेल मैदानमा बुधवार देखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा डिलाइट एफ सी र बगर युनाइटेड बीच दुइ दुइ गोलको बराबरी भएपछि ट्राइबेकर डिलाइट एफसीले ३–२ को गोल अन्तरले पराजित गर्दै डिलाइट एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ ।

दोश्रो खेलमा पुन युनाइटेड ए ले एन पी ब्रोदर्सलाई २–१ गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा प्रवेश ग¥यो । तेश्रो खेलमा पुन युनाइटेड बी ले नदीपुर ग्रेलाई ४–० गोल अन्तरले पराजित ग¥यो । चौथो खेलमा कसेरी र लामाचौर एफ सी बीचको खेलमा लामाचौर एफसीको अनुपस्थिती भएपछि कसेरीले वाकओभर अन्तर्गत अघिल्लो चरणमा प्रवेश ग¥यो ।

प्रतियोगिताको दोश्रो दिन बिहीबार नदीपुर निलो र सूर्योदय क्लव, अर्चलबोट युथ क्लव र सहारा एफ सी, फेदी एफ सी र एफ सी फण्ड, तारा एफ सी र इन्द्रेणी एफसी, लेकसाइड जुनियर र नव आदर्श सामुदायिक बिकास संस्था बी, एक्स बगर र नव आदर्श सामुदायिक बिकास सस्था ए र बगर युनाइटेड ए र पी टी एफ सी बिच खेल हुने छ । २७ टीमको सहभागीता रहेको उक्त प्रतियोगितामा नदीपुर साउदी अरव उप प्रायोजक रहेको छ ।

प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले २५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा बेष्ट प्लेयर लाई एक थान मोवाइल, हाई स्कोर, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर र फेयर टीमलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक सुरज पालिखेले जानकारी दिए । तेश्रो संस्करणको नदीपुर कपको उपाधि बगर युनाइटेड क्लवले हात पारेको थियो ।

बुधवार आयोजित प्रतियोगिताको उद्घाटन माननीय सांसद शारदा पौडेलले गरेकी थिइन । उद्घाटन समारोहमा बोल्दै माननीय शांसद शारदा पौडेलले टोल टोलमा युवाहरु खेल प्रति अग्रसर भइरहदा अझैपनि विभिन्न ठाउमा फुटवल मैदानको अभाज भएको वताइन । पौडेलले नदीपुर क्लवले वर्षेनी आयोजना गर्दै आएको फुटवल खेलबाट युवाहरुलाई खेलको माध्यामबाट भाइचारा अभिबृद्धि गरेको बताउदै नदीपुरमा रहेको खेलकुद मैदानको स्तरउन्नतीको लागी पहलकदमी थाल्ने वताइन ।

नदीपुर क्लवका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रबिन्सन प्रजु, कोषाध्यक्ष पवन प्रजापति, बालमन्दिर टोल बिकास संस्थाका अध्यक्ष बिष्णु बास्तोला लगायतले प्रतियोगिताको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: