
पोखरा, २३ असोज ।
विजयादशमीको अवसरमा बिग एफ.एमले हरेक वर्ष आयोजना गर्दै आइरहेको रेडियो गेम सो ‘महा आजिजा’(आउनुहोस्, जित्नुहोस्, जानुहोस्) को पछिल्लो सिजन अन्तरगत १९ जनाले नगद पुरस्कार हात पारेका छन । दशैको अबसरमा घटस्थापना बाट सुरु भएको महाआजिजा शनिवार सम्म सञ्चालन भएको थियो ।
शनिवारको खेलमा पनि दुई जनाले नगद पुरस्कार जितेका छन । गंगा अधिकारी र रबिन गुरुङ्गले नगद तिन तिन हजार जितेका छन । त्यसैगरि शुक्रबार अस्मीता बि.कले ३ हजार र लम्जुङ्गकी दिपा गुरुङ्गले १ हजार रुपैया जित्न सफल बनेका छन् । यस अगाडि बिहीबारको रेडियो गेम सो मा तृष्णा बराल र अमृत गौतमले २÷२ हजार जितेका थिए ।
टंक रिमालले यो पटकको खेलमा सर्वाधिक नगद जितेका छन । उाले नगद १० हजार जित्न सफल भएका हुन । हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म चल्ने रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।
पोखरा ट्रेडमलको मुख्य प्रायोजनमा भएको रेडियो गेम शो ‘महा–आजिजा’मा एपेक्स डिजिटलले पनि व्यवसायिक सहकार्य गरेको छ ।
