लाहाचोकका दुई विद्यालयमा लायन्सको सहयोग

182
0
Share:

पोखरा, १२ कार्तिक-
लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनले आफनो बार्षिक कार्यक्रम अन्र्तगत विगतका बर्षमा झै यसवर्ष पनि लाहाचोक स्थित जनजागरण र जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विहीबार एक कार्यक्रमका वीच शैक्षिक सामाग्री, विद्यालय पोशाक, खेलकुद सामाग्रीका साथै अभिभावकहरुलाई बाख्रा वितरण गरेको छ ।
उक्त अवसरमा जनजागरण आधारभुत विद्यालय प्रधानाध्यापक रेवता सुनार र जनकल्याण आधारभूत विद्यालय सह प्रधानाध्यापकले क्लवले विद्यालय प्रति गरेको सहयोगको उच्च कदर गर्दे धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा डिष्ट्रिक एडभाइजर दामु अधिकारीले क्लवले गरेको सहयोगको सह्राना गर्दे क्लव बाट दिईएको सहयोगको सही सदुपयोग गर्न विद्यालय प्रशासन र अभिभावकहरुलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा रिजन चियर पर्सन चण्डी प्रसाद अर्याल, शम्भुराज बाँस्तोला , रधुनाथ अधिकारी लगायतले बोल्नुभएको थियो ।
लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लवका सह सचिव प्रेम बहादुर क्षेत्रीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: