
पोखरा, १२ कात्तिक ।
तिहारको अवसर पारेर यो वर्ष पनि बिग एफएमले रेडियो गेम शो ‘तिहारको खेल, मज्जाको खेल’ गर्ने भएको छ । हरेक तिहारमा एफएमले यो गेम शो संचालन गर्दै आएको छ ।
कात्तिक १३ शनिबार कुकुर तिहारदेखि १५ गते गोबद्र्धन पूजासम्म यो रेडियो गेम शो चल्नेछ । यो पटक रेडियो गेम शो ‘तिहारको खेल, मज्जाको खेल’लाई पश्चिमाञ्चल मल्टिटेक्निकल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । एफएमका मार्केटिङ म्यानेजर कमल बराल र पश्चिमाञ्चल मल्टिटेक्निकल एकेडेमीका अध्यक्ष नारायण सुबेदीबीच कार्यक्रमका लागि व्यवसायिक सम्झौता भएको हो ।
‘रेडियो गेम शो मा सहभागि भएर स्रोताहरुले २० हजार रुपैँया सम्म जित्न सक्नेछन् ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘गेम शो मा सहभागि जनाउनका लागि भने स्रोताहरुले एसएमएसमार्फत आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ ।’
रमाईलोसंगै पैसा पनि जित्न सक्ने भएकोले स्रोताहरुको सहभागिता निकै राम्रो हुने एफएमको अनुमान छ । ‘वर्षेनी स्रोताहरुले देखाएको सहभागिता र चासोले गर्दा यो पटक गेम शोमा अझै राम्रो सहभागिता हुने हामीले अनुमान गरेका छौँ ।’ एफएमले भनेको छ ।
रेडियो गेम शोमा सहभागिताको लागि स्रोताहरुले द्यक्ष्न् कउबअभ ँः लेखि ३४३२१मा एसएमएस गर्नुपर्नेछ । हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म संचालन हुने रेडियो गेम शोमा सहभागिताको लागि एसएमएस अनिवार्य रहेको एफएमले जनाएको छ ।
कार्यक्रमको मूख्य प्रायोजक पश्चिमाञ्चल मल्टिटेक्निकल एकेडेमीले ईलेक्ट्रोनिक्स सम्बन्धि सामाग्रीको मर्मत गर्नुका साथै तालिम समेत प्रदान गर्दै आएको छ ।
