मोसुल सहर इराकी सेनाको घेराबन्दीमा, आइएसविरुद्ध निर्णायक युद्ध

311
0
Share:

बग्दाद, कात्तिक १७

इस्लामिक स्टेट (आइएस) को कब्जामा रहेको इराकको मोसुल शहरलाई सरकारले आफ्नो नियन्त्रणमा लिने प्रयास स्वरुप घेराबन्दी गरेको छ ।

इराकी सेना मोसुलको बाहिरी क्षेत्र सम्म पुगेको छ । मोसुललाई नियन्त्रणमा लिन सरकारी सेनाले आक्रामक कारबाही गरिरहेको छ । सरकारी सेना र आइएसका लडाकुबीच भिषण भिडन्त भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इराकी सेनाको आतंकवाद विरोधी दस्ताले दक्षिणपूर्वी क्षेत्रबाट पनि आक्रमण शुरु गरेको छ । मोसुलमा रहेका आइएसका लडाकुमाथि सेनाले चारैतिरबाट आक्रमण थालेपछि बाहिरी क्षेत्र भने पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । यसलाई सेनाले ठूलो उपलब्धि मानेको छ ।

यसैबीच इराकी प्रधानमन्त्री हैदर अल आब्दीले मोसुलमा तीन हजार ५ सय चरमपन्थी रहेको बताएका छन् । उनले चरमपन्थीहरुलाई आत्मसमर्पण गर्न या मर्नका लागि तयार रहन चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: