तीन दलका शीर्ष नेताहरुको बैठक ‘सकारात्मक’

Share:

काठमाडौं, २ मंसिर-
प्रमुख तीन दलबीच संविधान संशोधनबारे ‘सकारात्मक’ छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त छलफल गरेका थिए ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे सरकारले गरेको तयारीबारे जानकारी गराएका छन् । सीमांकन, नागरिकता र राष्ट्रिय सभा गठन लगायतका विषयलाई समेेटेर संशोधन प्रस्ताव तयार पारेको उनले बताए ।

बैठकमा प्रमुख विपक्षी दल एमाले अध्यक्ष ओली संविधान संशोधनप्रति सकारात्मक देखिएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

पुनका अनुसार ओलीले संविधान कार्यान्वयन र चुनावलाई प्राथमिकतामा राखेर संविधान संशोधन प्रस्ताव ल्याउनुस्, छलफल गरौंला भनेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: