बिग आइकनको एड्भरटाइजिङ पार्टनरमा ‘परिचय एड्भरटाइजिङ’

Share:

बिग न्यूज
पोखरा, २ मंसिर । गायन रियालिटि शो बिग आइकनको एड्भरटाइजिङ पार्टनरको रुपमा ‘परिचय एड्भरटाइजिङ’ले बिग एफएमसँग सहकार्य गरेको छ । दुई संस्थाबीच विहिबार सम्झौता भएको हो ।

बिग एफएमका अध्यक्ष महेश भण्डारी र परिचय एड्भरटाइजिङका संचालक सोभित बस्यालबीच सम्झौता भएको हो । परिचय एड्भरटाइजिङले बिग एफएमको यो इभेन्टसँग सहकार्य गरेको यो सहित पाँचौ पटक हो ।

सहमतीपछि बिग एफएमका अध्यक्ष महेश भण्डारीले विज्ञापनको क्षेत्रमा आफ्नै परिचय बनाएको संस्थासँग निरन्तर रुपमा सहकार्य गर्न पाउँदा हामी खुशी भएका छौँ । ‘यो सहकार्यपछि बिग आइकन विज्ञापनको पनि विज्ञापन भएको हामीले महशुस गरेका छौँ ।’ अध्यक्ष भण्डारीले भने–‘यो खाले सहकार्यले बिग आइकनको उचाईलाई पनि थप बढाएको छ ।’

त्यस्तै परिचय एड्भरटाइजिङका संचालक सोभित बस्यालले बिग आइकनसँगको सहकार्य संस्थाको लागि फाईदाजनक भएको बताए । ‘पोखरा इभेन्टहरुको शहर हो । र, राम्रा इभेन्टसँग हामी सँधै सहकार्य गर्न चाहन्छौँ ।’ बस्यालले भने–‘विज्ञापन खर्च होईन बरु लगानी हो भन्ने थिमअनुसार हामी यो इभेन्टसँग जोडिएका हौँ ।’

बिग आइकनमा हालसम्म मुख्य प्रायोजकको रुपमा सामसुङ मोबाइल, इन एशोसियसन विद टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाइ टाइटलमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाइ टाइटलमा पोखरा ट्रेड मल, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला, ब्रोडकास्टीङ पार्टनरमा एभिन्यूज, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।

बिग आइकनको सातौँ संस्करणका लागि यतिबेला आयोजक संस्था बिग एफएमले निशुल्क रुपमा फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: