मदन पुरस्कार विजेता लेखक रामलाल जोशी पाठकहरुसँग अन्तक्रिया गर्न पोखरा आउने

Share:

पोखरा, २ मंसिर–

मदन पुरस्कार विजेता लेखक रामलाल जोशी पाठकहरुसँग अन्तक्र्रिया गर्न पोखरा आउने भएका छन् । र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालको निम्तोमा शनिबार उनी पोखरा आउन लागेका हुन् । र्‍यान्डमले उनीसँग पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा बिहान ८ बजे अन्तक्र्रिया कार्यक्रम गर्ने अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

जोशीको कथा संग्रह ऐनाले २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको छ ।

जोशीले पहिलो कथा संग्रहकै लागि मदन पुरस्कार प्राप्त गर्न सकेका हुन् । सुदूरपश्चिमको धनगढीका बासिन्दा उनका कथामा आफ्नै भेगका सामाजिक यथार्थ र भाषालाई समेटिएको छ । कार्यक्रममा जोशीसँग अन्तक्र्रियासँगै पुस्तक हस्ताक्षर कार्यक्रम पनि राखिएको छ ।

¥यान्डमले हरेक महिनाको अन्तिम शनिबार साहित्य, दर्शन, राजनीति, समाज लगायत विषयमा विभिन्न व्यक्तित्व निम्त्याएर अन्तक्र्रिया गर्दै आएको छ । यसपालि भने रामलाल जोशीलाई महिनाको पहिलो शनिबारै बोलाएर नियमितबाहेक विशेष कार्यक्रम गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्
Share: