चर्चित यूवा ज्योतिष हरिहर अधिकारीको ‘मार्गदर्शन’ कार्यक्रम अब भारतको केयर वल्र्ड टिभीमा

Share:

मंसिर ३ गते-
चर्चित यूवा ज्योतिष हरिहर अधिकारीको ‘मार्गदर्शन’ कार्यक्रम अब भारतको केयर वल्र्ड टिभीमा पनि प्रसारण हुने भएको छ ।
अन्तराष्ट्रियस्तरबाट २३ बर्षको उमेर मै ज्योतिष तथा वास्तुशास्त्रीमा राम्रो शिक्ष हासिल गर्न सफल अधिकारीले आफ्नै युटुब च्यानलबाट हिन्दि भाषामा यस कार्यक्रमको प्रोमो सार्वजनिक गर्दै केयर वल्र्ड टिभीमा कार्यक्रम प्रसारण हुने जानकारी दिएका हुन् ।
यसअघि कान्तिपुर टेलिभिजनबाट ‘मार्गदर्शन’ कार्यक्रम चलाउँदै आएका अधिकारी केहि समयको विश्रामपछि भारतबाट प्रसारण हुने केयर वर्ल्ड टेलिभिजनबाट यो कार्यक्रम प्रसारण हुने बताएका छन् ।
यो कार्यक्रम केयर वर्ल्ड टेलिभिजनबाट एकै दिन दुई पटक अर्थात् हरेक दिन बिहान ८ बजे र बेलुका ८ः५० बजे प्रसारण हुने छ । यो कार्यक्रम नोभेम्बर २७ तारिक बाट संचालनमा आउने अधिकारीले जानकारी दिए ।
वर्ल्ड अस्ट्रोलोगर सोसाईटीबाट स्नातकोत्तर गरिसकेका हरिहर पछिल्लो समय सबै वर्गका व्यक्तिहरु माझ चर्चित छन् । उनले गरेका भविष्यवाणीहरु लगातार सत्य सावित हुन थालेपछि उनको क्रेज बढ्दै गएको छ ।
यूवा ज्योतिष अधिकारी बिग एफएमका अफससियल ज्योतिष पनि हुन् ।
उनी विगत चार वर्ष देखि बिग एफ एमले संचालन गर्दै आइरहेको बेस्ट भ्यालेन्टाइन कपल नामक चर्चित रेडियो गेम शोको मुख्य आकर्षक हुन् ।
लभ केमेष्ट्री र ज्योतिष भविष्यवाणी मिसिएको यो गेम शो युवा युवतीमाझ निकै लोकप्रीय छ ।

कमेन्ट गर्नुहोस्
Share: