
रेम बिक
पोखरा, ३ मंसिर । बिग आइकनको सातौँ संस्करणको मुख्य प्रायोजकको रुपमा मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी प्रालिले बिग एफएमसँग सहकार्य गरेको छ ।
शुक्रबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी प्रालिका असिस्टेन्ट म्यानेजर शोभा बाँस्तोलाबीच सहमती भएको हो । दुई संस्थाबीच इभेन्टका लागि सहकार्य भएको यो पहिलोपटक हो ।
सम्झौतापछि बिग एफएमसँग कुराकानी गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरेन्द्र बराल युवाहरुमा चर्चित रहेको यो इभेन्टमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । ‘हामीले युवा समूहलाई नै लक्षित गर्दै जापानमा अध्ययनको लागि परामर्श र तयारी कक्षा दिने गर्दछौँ ।’ उनले भने–‘हाम्रो टार्गेट ग्रुप यो इभेन्टसँग बढी मात्रामा जोडिएको हामीले पाएका छौँ । र, इभेन्टमा हामीले यसकारण पनि व्यवसायिक सहकार्य गरेका हौँ ।’
त्यस्तै मिराईका असिस्टेन्ट म्यानेजर शोभा बाँस्तोलाले पनि बिग एफएमसँगको सहकार्य फलदायी हुने अपेक्षा गरिन् ।
त्यसैगरि बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले प्रत्येक बिग आइकनमा शैक्षिक परामर्शदाता संस्थाहरुको आकर्षण बढेको बताए । ‘शैक्षिक परामर्शदाता संस्थाहरुको लागि बिग आइकन प्रचारको लागि राम्रो मञ्च बनेको यो सहकार्यले थप पुष्टी गर्छ ।’ बरालले भने ।
महेन्द्रपुल पोखरामा रहेको मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सीले जापान जान चाहने विद्यार्थीको लागि तयारी कक्षा दिने र परामर्श दिने काम गर्छ । यो संस्थाको नयाँ शाखा काठमाण्डौस्थित नयाँ बानेश्वरमा शुरु भएको छ । पोखरामा भने यो संस्थाले झण्डै आधा दशकदेखि सेवा दिँदै आएको छ ।
मिराईले जापनको टोकियोस्थित सिन्जुकुमा रहेको सिस्टर अर्गनाइजेसन सिन्का कम्पनी लिमिटेडमार्फत् युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र युएसएका लागि शैक्षिक परामर्शको कार्य गर्दछ ।
बिग आइकनको सातौँ सँस्करण अन्तरगत हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ‘इन एशोसियसन विद‘मा कान्साइ पेन्ट्स नेपाल, ‘पावर्ड बाइ’मा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, ‘सपोर्टेड बाइ’ मा पोखरा ट्रेड मल, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला, ब्रोडकास्टीङ पार्टनरमा एभिन्यूज, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।
बिग आइकनको सातौँ संस्करणका लागि यतिबेला आयोजक संस्था बिग एफएमले निशुल्क रुपमा फाराम वितरण गरिरहेको छ ।
