पोखराको सराङकोटमा २५ करोडका लगानीमा ‘हिमालयन फ्रन्ट’ सञ्चालनमा

Share:

पोखरा, ३ मंसिर-
पर्यटन व्यवसायी कर्ण शाक्यको केजीएच (काठमाडौं गेस्ट हाउस) ग्रुपले पोखराको सराङकोटमा सातौ होटल ‘हिमालयन फ्रन्ट’ सञ्चालनमा ल्याएको छ । ‘चेन होटल’को रुपमा पर्यटन क्षेत्रमा विभिन्न ठाउँमा लगानी गरेको केजीएचले करिब २५ करोड रुपैयाँ लगानीमा पोखरा–२६ सराङकोटमा नयाँ होटल सञ्चानमा ल्याएको हो । होटलको सगरमाथाबाट स्की गर्ने जापानीज पर्यटक युइचिरो मुइरा र असल ट्याक्सी चालक युद्ध बहादुर कार्कीले औपचारीक उद्घाटन गरे ।

पर्यटकीय स्थल सराङकोटमा करिब २५ करोड लगानीमा सञ्चालनमा आएको सञ्चालकले जानकरी दिएका छन् । होटलमा ४४ कोठा रहेको होटलका प्रत्येक कोठामा २ वटा बेड रहेका छन् । होटलका सबै कोठा ‘सुपर डिलक्स’ हुन् । होटलमा रहेको सवै कोठाबाट माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृङखला सजिलै देखिन सकिन्छ । होटलमा विशेष गरी जापानिज पर्यटक र नेपाली पर्यटकहरुलाई लक्ष्य राखेको हिमालयन फ्रन्ट रिसोटका म्यानेजिङ डाइरेक्टर दिवाकरराज कर्णिकारले जानकारी दिए ।

प्रत्येक कोठाबाट हिमाली श्रृंखला र पोखरा सहरको केही क्षेत्र देख्न सकिने कर्णिकारले बताए । ‘अन्नपूर्ण र माछापुच्छ«े हिमाली श्रृंखला सहित सराङकोट डाँडाबाट देखिने ‘सनराइज’ होटलका कोठाबाटै देखिन्छ,’ उनले भने, ‘होटलबाटै ‘सनसेट भ्यू’ समेत हेर्न सकिन्छ । पोखरा सहरको धेरै भाग होटलको भवनबाटै देख्न सकिने भएकोले निकै रोमाञ्चक हुन्छ ।’ भवनको एकातिर मात्र कोठा भएकोले सबै कोठाबाट पोखरा उपत्यका र सनराइजको दृष्य हेर्न सकिने उनले बताए ।

पोखरा–बागलुङ राजमार्गको बिन्ध्यवासिनी मन्दिरबाट करिब २ किलोमिटर माथि सराङकोट मार्गमा रहेको होटलमा बसेका पाहुना ‘सनराइज’ र ‘सनसेट’ हेर्न माथि (सराङकोट डाँडा) मा उक्लिन नपर्ने उनले बताए । होटल परिसरमै ‘स्विमिङ पुल’ छ । त्यस्तै लाउञ्जबार, १ सय जना अट्न सक्ने सभा हल, तलमाथि गर्न सकिने लिफ्ट, रेस्टुरेन्ट लगायतका पुर्वाधार रहेका छन् । सुपर डिलक्स सबै कोठामा टिभी, मिनि फ्रिज, इलेक्ट्रिक केटली, टी मेकर लगायतका सुविधा पनि छन् ।
कमेन्ट गर्नुहोस्
Share: