नेपाललाई लोडसेडिङ्ग शून्य बनाउन भारतले दिने भयो २ सय ५० मेगावाट बिजुली

Share:

काठमाडौ, ५ मंसिर-
नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारतबाट थप दुई सय ५० मेगावाट विजुली दिन भारत सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय विजुली आयात गरेर हिउँदयाममा सकेसम्म् लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना रहेको आजको अन्नपूर्णमा समाचार छ ।

भारतबाट हाल दुई सय ४८ मेगावाट बिजुली आयत भइरहेको छ ।  भारतीय सहमति कार्यान्वयन भएका पाँच सय मेगावाट बिजुली आयत हुनेछ ।

नेपाल र भारतका उर्जा अधिकारीबीच शनिबार नयाँ दिल्लीमा भएको सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल परवानीपुर र कटैया कुसाहाबाट पचार पचार गरी थप दुई सय ५० मेगावाट विद्युत दिन भारत सहमत भएको नेपाली अधिकारीहरुले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Share: