
कोकिल पौडेल,
पोखरा, ८ मंसिर-
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलले कर छल्ने प्रवृति अझै सम्म पनि कायम रहेको बताएका छन ।
पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा पोखरामा आयोजित कर सप्ताह समापन कार्यक्रममा वोल्दै उनले कर छल्ने प्रवृति निराकरणको लागी हरेका जिल्ला स्थित उद्योग वाणिज्य संघले सहयोगी भूमिका खेल्नुपर्ने बताए ।
आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको समापन कार्यक्रमका प्रमुख अतिथि मैनालीले देश समृद्ध हुदा सवैका लागी फाईदा पुग्ने बताउदै उनले त्यसको लागी सम्पुर्ण नागरिकहरुलाई करको दायारामा आउन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आन्नदराज मूल्मीले सवैलाई करको दायारामा ल्याउन कर कार्यालयहरुको संख्या बढाउनु पर्ने बताए ।
अनौपचारिक अर्थतन्त्र अहिलेको प्रमुख समस्या रहेको बताउदै उनले घुसखोरी, भ्रष्ट्राचार, गुण्डागद«ी वाट उठाईएको रकमले देशको अर्थतन्त्र नाजुक वनेको बताए । “अहिलेको प्रमुख समस्या अनौपचारि अर्थतन्त्र हो उनले भने अवैद्य रकमलाई वैद्य रुपमा ल्याउन नसके मुलुकको विकास हुन सक्दैन” ।
अनौपचारिक अर्थतन्त्रलाई बढवा दिने काम राजनितिक दहलहरुले गरेको उनको भनाई थियो ।
यसैविच दिवसको अवसरमा गण्डकी र धौलागीरिका उत्कृष्ट करदाता तथा कर्मचारिलाई पनि सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०७१, ०७२ मा सवै भन्दा वढी करदाखिला गर्ने गण्डकी र धौलागीरिका ९ जना करदाता र उत्कृष्ट कार्यसम्पादन गर्ने १ जना कर्मचारीलाई सम्मान गरिएको हो ।
विदेशी नागरिक मार्कस अलेक्जेन्डर चाल्र्स कटनले सञ्चालन गरेको टाइगर माउन्टेन प्रा.ली.लाई कास्कीवाट सवैभन्दा वढी करदाखिला गरेको भन्दै सम्मान गरिएको छ ।
त्यस्तै तनहुँको गण्डकी टे«ड सप्लायर्स, स्याङजाको कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैँक लिमिटेड, बाग्लुङको जय कालीका भगवती निर्माण सेवा प्रा.ली, मुस्ताङको अमित बिल्डर्स , लमजुङको कृषक जागरण बचत तथा क्रुण सहकारी संस्था लिमिटेड, गोरखाको मनास्लु बिकास वैंक लिमिटेड, पर्वतको नमुना आवासिय मावि र म्याग्दीको श्री कुमारी बहुउद्येश्यि सहकारी संस्थालाई पनि सम्मान गरिएको छ ।
कर्मचारी मध्य उत्कृष्ट कार्यसम्पाद गरेको भन्दै नासु रविन्द्र विक सम्मानित भएका छन । कर सचेतना तथा संचालनमा सहयोग पु¥याको भन्दै लेखनाथ उद्योग वाणिज्य संघ र पर्वत उद्योग वाणिज्य संघलाई सम्मान गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माका अनुसार गण्डकी र धौलागिरीका १० जिल्लामा एक लाख ९ हजार २ सय ८८ करदाता छन् । ब्यवसायीक प्यानमा दर्ता भएका ६८ हजार ५ सय २७ छन् भने ब्यक्तिगत प्यानमा दर्ता भएका ४० हजार ७ सय ६१ ज्ना छन् । त्यसमध्ये भ्याटमा दर्ता भएका ११ हजार २ सय ८४ छन् ।
कार्यालयले आर्थिक बर्ष २०७२र७३ मा पाँच अर्व २ करोड २६ लाख राजश्व असुलीको लक्ष्य राखेकोमा ५ अर्व ४३ करोड १० लाख राजश्व असुली गरेको छ । लक्ष्यको तुलनामा १०८.१ प्रतिशत राजश्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत शर्माले बताए ।
त्यस्तै चालु आर्थिक बर्ष २०७३र७४ मा ५ अर्व ८२ करोड ४६ लाख राजश्व संकलनको लक्ष्य राखिएकोमा कार्तिक मसान्त सम्म दुई अर्व १ करोड २७ लाख संकलन भएको छ ।
