कास्कीको चापाकोटमा अल्ट्रालाइट दुर्घटना

Share:

पोखरा ८ मंसिर
कास्कीको चापाकोटमा एभिया क्लब पोखराको ३ जना अट्ने अल्ट्रालाइट दुर्घटनामा परेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार रसियन पाइलट अलेम्जेडर   क्यानेडियन नागरिक घाइते भएका छन् ।
रसियन नागरिक म्याक्सिसको अवस्था गम्भरीर रहेको प्रहरीले बताएको छ । उनीहरुको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारका लागि लगिएको छ ।
रनवेबाट २ सय मिटर पर अल्ट्रालाइट जमीनमा बजारिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको बारेमा बुझ्न पामेको प्रहरी टोली दुर्घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: